भिमदत्त । भीमदत्त नगरपालिकामा सत्तारुढ दल नेकपा एमाले सहितका दलहरुले सयुक्त रुपमा कांग्रेस नेतृत्वको स्थानिय सरकार विरुद्ध मोर्चाबन्दी गरेका छन् । नेकपा एमाले,माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सहितका दलहरुले विज्ञप्ती नै निकालेर बिरोध पर्दशन गरेका छन् ।
भीमदत्त नगरपालिकामा अबैध संरचना हउाउने र व्यवसायिक प्रयोजनका नगरभित्र रहेका सटरहरु केहि व्याक्तिलाई नदिई सम्पूर्ण बास्तविक व्यवसायीलाई दिनुपर्ने माग गरेका छन् । नगर सरकार एकलौटी मनपरि रुपमा चलेको उनिएहरुले उल्लेख गरेका छन् ।
सामुहिक मोर्चामा सहभागी रहेका दलहरुमा एमालेको तर्फबाट हिमाल चन्द्र, नेकपा माओवादी केन्द्रबाट रद्युविर धामी र राष्ट्रिय स्वतन्त्र पार्टीबाट यज्ञराज जोशीले विज्ञप्तीमो हस्ताक्षर गरेका छन् ।
