काठमाडौं । खाद्य उत्पादकहरूको निर्माता केआरबीएल लिमिटेडले नेपालमा इन्डिया गेट प्रिमियम बासमती चामल लन्च गरेको छ । काठमाडौंको होटल याक एन्ड यतिमा हालै आयोजित नेपाल इभल्भ मिट २०२५ को अवसर पारेर कम्पनीले नेपालमा बासमती चामल (२० किलोको प्याक) लञ्च गरेको हो ।
नेपाली उपभोक्ताको मागलाई मध्यनजर गर्दै उच्च गुणस्तरको बासमती चामल लञ्च गरिएको केआरबीएल लिमिटेडका इन्डिया बिजनेस हेड आयुष गुप्ताले बताए । उनले भने, ‘हाम्रो लक्ष्य भनेको नेपालभर यसको पहुँचलाई विस्तार गर्नु हो । प्रत्येक नेपालीहरूको भान्साकोठामा इन्डिया गेट बासमती चामल पुर्याउन हामी कटिबद्ध छौं ।’ नेपालमा केआरबीएलका सामानहरू वितरण गर्ने तरुण एग्रोका प्रमुख आशीष मैनालीले भने, ‘नेपालमा विगत २५ वर्षदेखि इन्डिया गेट बास्मती चामल बिक्री वितरण भइरहेको छ । यो प्रिमियम प्रडक्टले धेरैको मन जित्नेछ ।’ केआरबिएलले नेपालसहित विश्वभर बासमती चामल उद्योगमा नयाँ बेञ्चमार्क स्थापना गर्ने योजना अगाडि सारेको पनि उक्त कार्यक्रममा जानकारी दिइएको थियो ।