काठमाडौं । नेपाल मसलन्द तथा शैक्षिक सामग्री उद्योग संघको २५औं वार्षिक साधारणसभा तथा चौथो राष्ट्रिय अधिवेशनले विजेन्द्र विक्रम शाहको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । अधिवेशनले नौ जना पदाधिकारी र १० सदस्य गरी १९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । १९ सदस्यीय कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा मेखबहादुर अधिकारी, प्रथम अध्यक्षमा केशवराज खनाल र द्वितीय उपाध्यक्ष प्रकाश श्रेष्ठ सर्वसम्मत चयन भएका छन् ।
यस्तै, राकेश मेहता महासचिव, गोपाल खेतान उपमहासचिव, गणेशप्रसाद अधिकारी कोषाध्यक्ष, गंगाबहादुर अधिकारी सचिव, सुरेशकुमार भट्टराई सह–कोषाध्यक्ष पनि निर्विरोध निर्वाचित भए । सदस्यहरूमा रञ्जितकुमार अग्रवाल, दिलीपकुमार अग्रवाल, कमल नेपाल, राजेन्द्र डंगोल, पंकज अग्रवाल, प्रदीपकुमार घिमिरे, राजकृष्ण दाहाल, किरण खरेल, हेमराज खनाल र विचित्र ढुंगाना चुनिएका छन् । यो कार्यसमितिको कार्याविधि दुई वर्षको रहनेछ । नवनिर्वाचित अध्यक्ष शाहले आफ्नो कार्यकालमा मसलन्द उद्योगको विकासका लागि सदैव लाग्ने प्रतिबद्धता जनाएका छन् ।