काठमाडौं । केएनपी नेरोलेक पेन्ट्सले आफ्नो विशेष फेस्टिभ स्किम ‘केएनपीको रङ्गमा दङ्ग’ योजनाको विजेता घोषणा गरेको छ । कम्पनीको यस योजनाले उत्सवको रमाइलोसँगै बम्पर पुरस्कारको रूपमा पाँच लाख बराबरको सुन जित्ने मौका उपलब्ध गराएको थियो ।
साथै, योजनामा केएनपीको सेलेक्टेड पेन्ट्स खरिद गर्ने एक सय जना भाग्यशाली ग्राहकहरूले ब्रान्डेड स्मार्ट वाच, एक जनाले ब्रान्डेड स्मार्ट टिभी र एक जनाले ब्रान्डेड ल्यापटप जित्न सक्ने अवसर थियो । यस योजनाको विजेताहरू लक्की ड्रमार्फत कम्पनीले आइतबार एक टेलिभिजन कार्यक्रममार्फत घोषणा गरेको हो । कार्यक्रममा लक्की ड्रको विजेताहरू एउटा सिसाको भाडाबाट हजारौँ नामहरूमध्येको नाम ड्र गरी घोषणा गरिएको थियो ।
बम्पर पुरस्कारको रूपमा पाँच लाख रुपैयाँ बराबरको सुन जनकपुरका शिव नारायण मण्डलले, ब्रान्डेड ल्यापटप भरतपुरकी अमृता महतोले र ब्रान्डेड स्मार्ट टिभी वीरगञ्जका धु्रवप्रसाद गुप्ताले जितेका थिए । साथै थप एक सय भाग्यशाली ग्राहकले केएनपीको तर्फबाट स्मार्ट वाच जित्ने मौका पाएका थिए । कार्यक्रममा गायिका डा त्रिशला गुरुङ र केएनपी जापान प्राइभेट लिमिटेडका मार्केटिङ म्यानेजर केदार थापा उपस्थित थिए ।