काठमाडौं । सन् २०२४ को डिसेम्बर महिनाबाट थाइल्यान्डमा नेटाले आफ्नो उपस्थित जनाएको छ । कम्पनीका अनुसार डिसेम्बर महिनामा थाइल्यान्डको विभिन्न इलेक्ट्रिक सवारी बिक्रीको आँकडाअनुसार नेटाले ६८४ युनिट प्राप्त गरेको बताइएको छ । उक्त तालिकामा नेपालमा समेत उपलब्ध रहेका विभिन्न ब्रान्डका इलेक्ट्रिक सवारी साधनहरू समावेश भएको कम्पनीले जनाएको छ ।
नेपालका लागि नेटा ब्रान्डको आधिकारिक वितरक सिजी मोर्टसले नेटाभी र नेटा एक्स दुवै मोडलका कारहरू नेपालमा बिक्री वितरण गर्दै आएको छ । नेटा भी क्रसओभर वर्गमा इलेक्ट्रिक वाहन चाहने व्यक्तिहरूको लागि एक महत्वपूर्ण विकल्प हो । यसको ४० दशमलव सात किलोवाट ब्याट्रीले राम्रो क्षमता प्रदान गर्दछ । जबकि ५० किलोवाट मोटरले दमदार प्रदर्शन सुनिश्चित गर्छ । एक सय २० एनएम टर्कले यसको गतिशील ड्राइभिङ अनुभवलाई थप उजागर गर्छ । यसैगरी नेटा भी छिटो २० मिनेटको चार्जमा ३० प्रतिशतबाट ८० प्रतिशतसम्म ब्याट्रीलाई चार्ज गर्न सक्छ । यसमा एकल चार्जमा तीन सय ८० किमी दायरा छ । यो सीएटीएलका लिथियम आयरन फस्फेट ब्याट्रीले चल्छ, यसको आठ वर्ष वा एक सय ५० हजार किमि वारन्टी छ ।
यसैगरी नेटा एक्स एकल चार्जमा पाँच सय किमिसम्म यात्रा गर्न सक्छ । यसमा एक सय ८५ मिमि ग्राउन्ड क्लियरन्स छ । सीएटीएलका अत्याधुनिक लिथियम आयरन फस्फेट ब्याट्रीहरूले सुसज्जित नेटा एक्सले पनि आठ वर्ष वा एक सय ८० हजार किमि वारन्टीको साथ विश्वसनियता र दीर्घकालीन टिकाउपनको ग्यारेन्टी दिन्छ । यी सुविधाहरूले नेटा एक्सलाई एक बहुपरोपकारी र पर्यावरणमैत्री एसयूभीको रूपमा आकर्षक विकल्प बनाउँछ ।