काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने आध्यादेश, २०८१’लाई जारी गरेका छन् । राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार नेपालको सविधानको धारा ११४ को उपधारा (९) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा उक्त अध्यादेश जारी भएको हो ।
एकैदिन पाँचवटा अध्यादेश जारी गर्नका लागि मन्त्रिपरिषद्ले सिफारिस गरे पनि चारवटा जारी गरेर भूमिसम्बन्धी अध्यादेश भने राष्ट्रपति पौडेलले थप अध्ययन गर्न भन्दै रोकेका थिए । सत्तारुढ कांग्रेसको सहमतिमा अध्यादेश जारी गर्न मन्त्रिपरिषद्ले सिफारिस गरेको कारण राष्ट्रपति पौडेल अध्यादेश जारी गर्न बाध्य भएका हुन् ।