काठमाडौ । कजारिया रमेश टायल्स लिमिटेडले काठमाडौँ म्यारियट होटलमा आफ्नो डिलर्स मिट आयोजना गरेको छ । कार्यक्रममा नेपालभरिबाट एक सयभन्दा बढी डिलरहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा कजारिया सिरेमिक्स लिमिटेड इन्डियाका संयुक्त प्रबन्ध निर्देशक चेतन कजारिया र ऋषि कजारियाले उपस्थित भएर सम्बोधन गरी कार्यक्रममा डिलरहरूसँग सक्रियरूपमा संवाद गरेका थिए । साथै, डिलरहरूसँगको सम्बन्धलाई अझ मजबुत बनाउन भविष्यमा पनि यस्ता कार्यक्रमहरू आयोजना गर्ने जनाएका छन् । कार्यक्रमको प्रमुख आकर्षण कजारिया रमेश टायल्स लिमिटेडको नयाँ अन्तर्राष्ट्रिय गुणस्तरको ३०ः६० सिएम सिरेमिक वाल टायलको सार्वजनिक प्रदर्शन थियो । आधुनिक प्रविधिले बनेको यस टायलले उत्कृष्ट डिजाइन र मजबुतीको उदाहरण प्रस्तुत गरेको छ । नेपालमा पहिलोपटक यसलाई प्रस्तुत गर्दै, कजारिया रमेश टायल्स लिमिटेडले बजारमा ५० भन्दा बढी विशेष र स्टाइलिस डिजाइनहरू ल्याउँदैछ ।
यस्तै, कम्पनीले डिलरहरूका लागि अर्डर बुकिङ योजना सुरू गरेको छ, यसमा अर्डर गर्ने डिलरहरूलाई सुन र चाँदीका पुरस्कार दिइनेछ । कम्पनीले आफ्नो विदेश यात्रा योजनाका विजेता पनि घोषणा गरेको छ, यसमा उत्कृष्ट प्रदर्शन र योगदान देखाएका २५ जना डिलरलाई जापानको, १३ जना डिलरलाई थाइल्यान्डको र ६ जना डिलरलाई सिंगापुरको लागि टिकट वितरण गरिएको छ । यस कार्यक्रमले कम्पनीका लागि डिलर नेटवर्कलाई अझ मजबुत बनाउन र नेपालमा गुणस्तरीय उत्पादन ल्याउने प्रतिबद्धतालाई बलियो बनाउने नयाँ अध्यायको सुरुवात गरेको छ ।
कजारिया रमेश टायल्स लिमिटेड, रमेश कर्प र कजारिया सिरेमिक्सको संयुक्त उपक्रमले, नवलपरासीमा नेपालको सबैभन्दा ठूलो टायल फ्याक्ट्री निर्माण गर्दैछ, यसमा चार सय करोड रुपैयाँको लगानी गरिएको छ । यो फ्याक्ट्रीमा स्थानीय सामग्रीहरूको प्रयोग गरी वार्षिक ८० लाख वर्ग मिटर टायल उत्पादन गरिनेछ । यसले नेपाललाई टायल्समा आत्मनिर्भर बनाउने, अर्थतन्त्रलाई विकास गर्ने, हजारौं रोजगारको अवसर सिर्जना गर्ने र विश्वस्तरीय टायल्स उपलब्ध गराउने लक्ष्य राखेको छ ।