गण्डकी । प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहमा सरिक हुन बिहीबार पोखरा आइपुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले कास्कीस्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्राज्ञिक तथा आकस्मिक भवनको उद्घाटन गरेका छन् । १७ करोडको लागतमा बनेको भवनको आजै उद्घाटन गरिसकेपछि प्रधानमन्त्री ओलीले नवनिर्मित भवनको निरीक्षण पनि गरेका हुन् ।