काठमाडौं । महालक्ष्मी विकास बैंकले रिकरिङ बचत खाता सञ्चालनमा ल्याएको छ । बैंकले बालबालिकाहरूको भोलिको दिनहरूमा आइपर्नसक्ने वित्तीय आवश्यकतालाई सानै उमेरदेखि नै सम्बोधन गर्ने गरी बचतमै मुद्दती सरहको व्याज पाइने महालक्ष्मी बाल बचत रिकरिङ डिपोजिट एकाउन्ट सञ्चालनमा ल्याएको हो ।
यस खाताअन्तर्गत बचतकर्ताले एक वर्षदेखि १० वर्षसम्म मासिक वा त्रैमासिकरूपमा एक निश्चित रकम निरन्तररूपमा बचत गर्न सक्नेछन् । जसबाट एक वर्षको व्यक्तिगत मुद्धती बराबरकै व्याजको लाभ लिन सक्नेछन् । अभिभावकद्वारा सञ्चालन गर्न सकिने यस खातामा अवधि समाप्तिपश्चात एकमुष्ठ रकम प्राप्त गर्न सकिनेछ । मुद्धती खाताजस्तो धेरै रकम पनि नचाहिने, मात्र पाँच सय रुपैयाँबाट समेत सुरुवात गर्न सकिने, व्याज पनि आकर्षक पाइने, भोलिको दिनमा एकमुष्ठ प्राप्त हुने रकमबाट आफ्नो बालबालिकाहरूको शिक्षादीक्षा तथा अन्य वित्तीय आवाश्यकताहरूको परिपूर्ति गर्न समेत सहज हुने भएकाले महालक्ष्मी बाल बचत रिकरिङ डिपोजिट खाता ग्राहकहरूको लागि एक उत्तम खाता हुन सक्ने विश्वास बैंकले लिएको छ । बैंकले हालै ग्राहकहरूलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ सुविधा उपलब्ध गराउने बैंकको नीतिबमोजिम मोबाइल एप्लिकेसनलाई परिष्कृत गर्दै ‘महालक्ष्मी स्मार्ट साथी’ सञ्चालनमा ल्याएको छ ।