काठमाडौं । नेपाल बैंकका सेयर लगानीकर्ताहरूको हात खाली हुने भएको छ । बैंकले आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरूलाई कुनै पनि किसिमको लाभांश वितरण नगर्ने घोषणा गरेपछि लगानीकर्ताहरूको हात खाली हुने भएको छ । बैंक सञ्चालक समितिको यही पुस २९ गते बसेको बैठकले सेयरधनीहरूलाई लाभांश वितरण नगर्ने प्रस्ताव गरेको हो ।