काठमाडौं । सीजी मोटर्सले बिर्तामोडमा एक्स्ट्रिम सिरिजअन्तर्गत दुई नयाँ मोटरसाइकलहरू, एक्स्ट्रिम १२५ आर र एक्स्ट्रिम १६० फोरभी आरको क्षेत्रीय ग्रान्ड लञ्चिङ गरेको छ ।
कम्पनीले बिर्तामोडस्थित आफ्नो आधिकारिक विक्रेता, पीटुआर अटो जोनमा एक भव्य कार्यक्रमको आयोजना गर्दै नयाँ मोटरसाइकलहरूको रिजनल लञ्च गरेको हो । एक्स्ट्रिम १६० आर फोरभी र एक्स्ट्रिम १२५ आरले नेपालमा हिरो मोटोकर्पको नयाँ ब्रान्ड पहिचानलाई थप सशक्त बनाउनेमा कम्पनी विश्वस्त छ । एक्स्ट्रिम १६० आर फोरभी (प्रो) को मूल्य तीन लाख ८४ हजार नौ सय रुपैयाँ र एक्स्ट्रिम १२५ आरको मूल्य सीबीएस भेरियन्टका लागि दुई लाख ८९ हजार नौ सय रुपैयाँ र एबीएस भेरियन्टका लागि तीन लाख ११ हजार नौ सय रुपैयाँ तोकिएको छ । सार्वजनिक यी दुवै मोडेलहरू नवलपरासीस्थित सीजी इन्डस्ट्रियल पार्कमा रहेको अत्याधुनिक असेम्ब्ली प्लान्टमा एक्सपल्स २०० फोरभी, सुपर स्प्लेन्डर, स्प्लेन्डर प्लस मोटरसाइकलहरू र जुम एक सय १० स्कुटरसँगै असेम्बल गरिएको कम्पनीले जानकारी दिएको छ ।
एक्स्ट्रिम १६० आर फोरभी
एक्स्ट्रिम १६० आर फोरभी मा १६३ सीसी ४–भल्भ बीएस–भीआई इन्जिन छ । यसले आठ हजार पाँच सय आरपीएममा १६ दशमलव नौ पीएस पावर र छ हजार पाँच सय आरपीएममा १४ दशमलव छ एनएम टर्क उत्पादन गर्छ । यो मोटरसाइकलले ०–६० किमी/घण्टा मात्र चार दशमलव ४१ सेकेन्डमा पुग्ने नयाँ स्तर निर्धारण गरेको छ । उच्च गतिका लागि असाधारण क्षमता र उत्कृष्ट प्रदर्शनका साथ यो आफ्नो श्रेणीकै सबैभन्दा तीव्र गतिको मोटरसाइकल हो । यसलाई अझ उच्चस्तरको बनाउन, ३७ एमएम केवाईबी इनभर्टेड फ्रन्ट फोर्क र ७–स्टेप एडजस्टेबल रियर सस्पेन्सनले ह्यान्डलिङमा सहजता र स्थिरता प्रदान गर्दछ । केबल एक सय ४५ किलो तौल भएको यो मोटरसाइकल सजिलै मोड्न र चलाउन सकिन्छ । यसमा उपलब्ध गरिएको पेटल डिस्क ब्रेकले सहरी सडक र राजमार्गहरूमा समेत कर्नरिङमा सहजता प्रदान गर्छ ।
एक्स्ट्रिम १६० आर फोरभीमा मस्कुलर र एरोडायनामिक डिजाइनका साथमा विङलेटहरू सहितको रोबोटिक हेडल्याम्प, अन्डर काउल र हगर फेन्डर पनि उपलब्ध रहेको छ । यसमा सिंगल वा स्प्लिट सिटको विकल्प उपलब्ध छ । यसमा फुल–एलईडी लाइटिङ प्याकेज, ब्लुटुथ कनेक्टिभिटीसहितको इन्भर्टेड स्पिडोमिटर, गियर पोजिसन इन्डिकेटर र कल÷एसएमएस अलर्टलगायत सुविधाहरू पनि उपलब्ध गरिएको छ ।
एक्स्ट्रिम १२५ आर
एक्स्ट्रिम १२५ आरले १२५ सीसी सेगमेन्टमा नयाँ स्ट्यान्डर्ड स्थापना गर्दै शक्तिशाली स्प्रिन्ट इन्जिन प्रदान गर्छ । यसले ११ दशमलव चार बीएचपी पावर उत्पादन गर्दै, ०–६० किमी/घण्टा केवल पाँच दशमलव नौ सेकेन्डमा पु¥याउने क्षमता राख्छ । प्रदर्शन र माइलेजको सन्तुलनका लागि यो उत्कृष्ट मोटरसाइकल हो । यसमा ईबीटी प्रणाली उपलब्ध गरिएको छ । साथै, हिरोको आईथ्रीएस प्रणालीले इन्धनको बचत सुनिश्चित गर्नेछ ।
एक्स्ट्रिम १२५ आरको मस्कुलर र शार्प डिजाइनअन्तर्गत सेगमेन्टमै पहिलो प्रोजेक्टर एलईडी हेडल्याम्प, एलईडी टर्न सिग्नल र सिग्नेचर एलईडी टेल लाइट समावेश गरिएको छ । सेगमेन्टमै पहिलो पटक स्पोर्टी मफ्लर, ह्विल कभर र नेगेटिभ एलसीडी इन्स्ट्रुमेन्ट क्लस्टरजस्ता फिचरहरूले यसलाई प्रविधिमैत्री र आकर्षक बनाएको छ । यस मोडेलमा दिइएको डायमन्ड फ्रेमले उत्कृष्ट ह्यान्डलिङको सुनिश्चितता प्रदान गर्दछ । १२०/८० रियर टायर, ३७ एमएम फ्रन्ट सस्पेन्सन, र ७–स्टेप एडजस्टेबल मोनो–शकले स्थिरता र आरामदायी यात्रा प्रदान गर्दछ । फ्ल्याट ह्यान्डलबारले दैनिक तथा रोमाञ्चक यात्रा, दुवै अवस्थामा सहजताको सुनिश्चितता प्रदान गर्नेछ ।