काठमाडौं । साताको दोस्रो कारोबार दिन आज सोमबार पनि शेयर बजार परिसुचक नेप्से उकालो लागेको छ । अघिल्लो दिन दोहोरो अंकले उकालो लागेको नेप्से परिसुचक आज सोमबार भने छ दशमलव ७८ अंकले उकालो लागेर २६ सय सात दशमलव ९९ बिन्दुमा चढेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव १० अंकले उकालो लागेर चार सय ३९ दशमलव १४ बिन्दुमा चढेको छ ।
धितोपत्र बजारमा आज तीन सय ११ वटा कम्पनीहरुको ७४ हजार चार सय तीन पटक शेयर किनबेच भएको छ । जसबाट एक करोड ३६ लाख ७७ हजार नौं सय ८३ कित्ता शेयर किनबेच भएकोमा कुल कारोबार रकम छ अर्ब ५७ करोड चार लाख ७७ हजार आठ सय ८६ रुपैंयाँ पुगेको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत र लघुवित्त उपसुमुहहरुको सुचक ओरालो लागेका छन् भने होटल तथा पर्यट, लगानी, जीवन बीमा, उत्पादनमुलक, निर्जीवन बीमा, सामुहिक लगानी कोष, अन्य र व्यापा उपसमुहहरुको सुचक उकालो लागेका छन् ।