काठमाडौं । चिनियाँ कार निर्माता नेटा कम्पनीले छ अर्ब युआन (आठ सय १८ दशमलव आठ मिलियन अमेरिकी डलर) लगानी प्राप्त गरेको छ । यो बाह्य लगानीका कारण कम्पनीले पहिले रोकिएका उत्पादन पुनः सुरु गरेको जनाएको छ । यस्तै, कम्पनीले २०२५ मा, नेटा मुख्यरूपमा अन्तर्राष्ट्रिय बजारमा केन्द्रित हुनेछ ।
कम्पनीले बिक्रीलाई समेत दोब्बर पार्ने योजना बनाएको छ । नेटाको घरेलु बिक्री २०२४ को अन्त्यतिर घटेको थियो । चाइना ईभी डाटा ट्«याकरका अनुसार नेटाले जनवरीदेखि डिसेम्बरसम्म ६१ हजार पाँच सय ९२ युनिट बिक्री गरेको थियो । यसमा ४० दशमलव दुई प्रतिशतको वार्षिक गिरावट देखिएको थियो । यद्यपि नेटाका अध्यक्ष फाङ युनझोउले २०२५ मा सकल नाफा सकारात्मक हुने र कम्पनी २०२६ सम्म नाफामा आउने दाबी गरेका छन् । एक रिपोर्टअनुसार नेटाले करिब छ अर्ब युआन लगानी प्राप्त गरेको छ । रिपोर्टका अनुसार राज्य–स्वामित्वका सम्पत्ति र विश्वकै सबैभन्दा ठूलो ब्याट्री उत्पादक सीएटीएलले यो लगानीमा सहभागिता जनाएका छन् ।
२०२३ को जनवरीमा नेटा सीएटीएलको बेडरक च्यासिस प्रयोग गर्न सम्झौता गर्ने पहिलो कम्पनी बनेको थियो । नेटाको एल क्रसओभर सिएटीएलको फ्रिभोय ब्याट्री (सोडियम मिसिएको) प्रयोग गर्ने पहिलो मोडेलहरूमध्ये एक हो । यसले नेटा र सीएटीएलबीच लामो साझेदारी रहेको देखाउँछ । कम्पनीका एक कर्मचारीका अनुसार कम्पनीले सञ्चालन सुनिश्चित गर्न आन्तरिक समायोजन पूरा गरिसकेको छ । अटोमोबाइल उत्पादन र बिक्रीपछिका पाट्र्स आपूर्ति कायम राख्न कम्पनीको मुख्य ध्यान केन्द्रित छ । हाल नेटाले चीनभित्र डिलरसिप नेटवर्कमा ध्यान केन्द्रित गरिरहेको छ ।
नेटाको अन्तर्राष्ट्रिय बजारमा ध्यान
२०२५ जनवरी १७ मा नेटाले दोस्रो अन्तर्राष्ट्रिय डिलर र लगानीकर्ता सम्मेलन आयोजना गरेको थियो । कम्पनीले यस वर्ष अन्तर्राष्ट्रिय बजारमा ध्यान केन्द्रित गर्दै बिक्री दोब्बर पार्ने लक्ष्य राखेको छ । गत वर्ष नेटाले अन्तर्राष्ट्रिय देशहरूमा ३० हजार युनिट गाडी बेचेको थियो । अहिलेको लक्ष्य भनेको ६० हजार युनिट बिक्री हो । नेटाले यसअघि दुईदेखि तीन वर्षभित्र आधा बिक्री घरेलु बजार र आधा अन्तर्राष्ट्रिय बजारमा पु¥याउने योजना साझा गरेको थियो । घरेलु बजारमा भइरहेको कडा मूल्य प्रतिस्पर्धाबाट बच्न कम्पनीले अन्तर्राष्ट्रिय बजारलाई अवसरको रूपमा लिएको छ । हाल नेटाले दक्षिणपूर्व एसिया तथा मध्य र दक्षिण अमेरिकाका करिब ४० देशहरूमा एक सय ८० भन्दा बढी बिक्री च्यानल विस्तार गरेको छ ।