काठमाडौं । युनिलिभरको ब्रान्ड्स सनसिल्कले ‘सनसिल्क भाइब्स’ सिजन–४ का विजेताहरू घोषणा गरेको छ । कम्पनीले हाल यस वर्षको सनसिल्क ग्याङ अफ गल्र्सको घोषणा गरेको हो ।
‘सनसिल्क भाइब्स’ सिजन–४ का विजेताहरूमा आकृति अर्याल, मनीषा लामा, र सुहाना ठाकुर रहेका छन् । प्रत्येक विजेताले एक लाख रुपैयाँ प्राप्त गरेका थिए । कम्पनीले ‘सनसिल्क दशैँ भाइब्स’ अभियानको तीन वर्षको लगातार सफलतापछि यस वर्ष अभियानलाई ‘सनसिल्क भाइब्स’को रूपमा विकास गरेको हो । कम्पनीले चाडपर्वको सिजन मात्र नभई दैनिक जीवनको सार मनाउनको लागि पहुँच हुने गरी यसको दायरालाई फराकिलो पारेको जनाएको छ ।
कम्पनीका अनुसार सनसिल्क भाइब्स चाँडै नै हयेरस्टाइल र व्यक्तित्वको उत्सवमा विकसित भई यसले परम्परागत संस्कृतिसँग आधुनिक प्रचलनहरू मिसाएको छ । यस अभियानले सहभागीहरूलाई हेयरस्टाइलहरू टाइमलेस क्लासिक्सदेखि बोल्ड, कन्टेम्पोररी लुकसम्म अन्वेषण र आफ्नो अनुभव सेयर गर्न आमन्त्रित गरेको थियो । यो वर्ष नेपालभरका सहभागीहरूले आफ्ना सनसिल्क भाइब्स सामाजिक सञ्जालमा सेयर गरे जसले उनीहरूको प्लेफुल, स्लिक, फेस्टिभ र बोल्ड हेयरस्टाइलहरू देखाएको थियो ।