काठमाडौं । आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौ‌मा हुने सगरमाथा संवाद कार्यक्रमको प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार शुभारम्भ गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा अन्तर्राष्ट्रिय हिमनदी वर्ष, २०२५ का अवसरमा मंगलबार वन तथा वातावरण मन्त्रालय र परराष्ट्र मन्त्रालयद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले संवाद कार्यक्रमको ‘लन्चिङ’ गरेका हुन् ।