काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक बर्षको दोस्रो त्रैमासिक अवधिसम्ममा चार करोड ४१ लाख ८२ हजार १० रूपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा छ करोड ९३ लाख चार हजार तीन सय २१ रहेको थियो ।
हाल चुक्ता पुँजी ९४ करोड ४३ लाख ५१ हजार ६५ रहेको सस्थाले चालु आवको दोस्रो त्रैमासिक अवधिसम्ममा छ अर्ब १२ करोड ७३ लाख ९१ हजार एक सय ९२ रूपैयाँ निक्षेप संकलन गरी छ अर्ब ५० करोड २६ लाख ९६ हजार छ सय २० रूपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ११ करोड २१ लाख १६ हजार छ सय ९६ रूपैयाँ खुद व्याज आम्दानी गरेको संस्थामा दुई दशमलव ७१ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
गत आवको सोही अवधिमा भने संंस्थाले पाँच अर्ब ३५ करोड ९३ लाख ३१ हजार १९ रूपैयाँ निक्षेप संकलन गरी छ अर्ब ३० करोड ६१ लाख दुई हजार एक सय एक रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा १२ करोड २० लाख ११ हजार पाँच सय २४ रूपैयाँ खुद व्याज आम्दानी गरेको संस्थामा एक दशमलव ८२ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।