काठमाडौं । कुमारी बैंक लिमिटेड र नक्साल, काठमाडौंस्थित वात्सल्य नेचुरल आईभीएफ प्रालिबीच कुमारी बैंकका ग्राहकलाई वात्सलय नेचुरल आईभीएफको देशभर रहेका शाखाबाट विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।
यस सम्झौताअनुसार कुमारी बैंकका ग्राहकलाई वात्सल्य आईभीएफ प्याकेजमा १० हजार रूपैयाँको छुट प्रदान गरिने बताइएको छ । साथै, उपचारको क्रममा आवश्यक पर्ने सबै प्याथोलोजी परीक्षणहरूमा १० प्रतिशत र औषधि खरिदमा पाँच प्रतिशतसम्म छुट प्रदान गरिनेछ । वात्सल्य नेचुरलले बाँझोपन परीक्षण, बाँझोपन उपचार, प्रजनन् क्षमता संरक्षण, दाता उपचार तथा गर्भ परीक्षणलगायतका सेवाहरू प्रदान गर्दै आएको छ ।
कुमारी बैंकको देशभर रहेका तीन सय दुई वटा शाखा सञ्जाल, तीन सय १६ वटा एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखारहित बैंकिङ इकाइहरू सञ्चालनमा रहेका छन् । बैंकले आगामी दिनहरूमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरू गर्दै जाने समेत प्रतिबद्धता जनाएको छ ।