काठमाडौं । नेपालस्थित चिनियाँ दूतावासले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँगको सहकार्यमा गण्डकी प्रदेशमा पहिलोपटक स्मार्ट कक्षाको सुरुवात गरेको छ । नेपालमा डिजिटल शिक्षालाई अगाडि बढाउन र प्रतिभा विकासलाई बढावा दिन स्मार्ट कक्षाको सुरुवात गरेको हो ।
हुवावेको अत्याधुनिक शैक्षिक प्रविधिले सुसज्जित कक्षा कोठाको लमजुङको क्ह्लोसोथार गाउँपालिकास्थित श्री बुद्धोदय माध्यमिक विद्यालयमा आधिकारिकरूपमा उद्घाटन गरिएको थियो । यस परियोजनामा प्रमुख साझेदारको रूपमा हुवावेले अत्याधुनिक सिकाइ समाधानहरू प्रदान गरेको छ, यसमा हुवावे आईडिया हब (इन्टरएक्टिभ ह्वाइटबोर्ड), ल्यापटपहरू, डेस्कटपहरू, वाइ–फाइ, पूर्वाधार र समग्र अनलाइन सिकाइ प्लेटफर्महरू समावेश छन् । यो पहलले डिजिटल खाडललाई कम गर्न मद्दत गर्छ, जसले दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई उच्च–गुणस्तरको शैक्षिक सामग्रीमा पहुँच र विश्वव्यापीस्तरमा प्रतिस्पर्धा गर्न सक्छ भन्ने कुरा सुनिश्चित गर्छ ।
उद्घाटन कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङसहित प्रतिष्ठित व्यक्तिहरू उपस्थित थिए, यसले ग्रामीण नेपालमा शैक्षिक चुनौतीहरूलाई सम्बोधन गर्न यस पहलको महत्वलाई प्रकाश पारेका थिए ।