काठमाडौं । शेयर बजार परिसुचक नेप्से उच्च अंकले बढेको छ । अघिल्लो दिन पाँच अंकले उकालो लागेको नेप्से परिसुचक साताको चौंथो कारोबार दिन आज बुधबार ५२ दशमलव ३६ अंकले उकालो लागेर २६ सय ६५ दशमलव ४५ बिन्दुमा चढेको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि आठ दशमलव ६५ अंकले उकालो लागेर चार सय ४८ दशमलव ८० बिन्दुमा चढेको छ ।
धितोपत्र बजारमा आज तीन सय २२ वटा कम्पनीहरुको ९० हजार छ सय ९६ पटकको कारोबारमा एक करोड ७६ लाख ९२ हजार आठ सय १९ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम नौं अर्ब २० करोड ३० लाख ८८ हजार तीन सय ४९ रुपैंयाँ पुगेको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये बाँणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा सहितका १३ वटै उपसमुहहरुको सुचक उकालो लागेर शेयर बजारमा पुरै हरियाली छाएको छ ।