काठमाडौँ । नेकपा एमालेले संसदीय दलको बैठक सङ्घीय संसद् भवनको ल्होत्से हलमा बोलाएको छ । मुख्य सचेतक महेश बर्तौलाले मंगलबार दिउसो १ बजे बस्ने गरी बैठक बोलाइएको जानकारी दिएका छन् ।

संसदीय दलको बैठकमा आउँदो अधिवेशनमा प्रस्तुत हुने नयाँ विधेयकका विषयमा छलफल हुने बताइएको छ । सङ्घीय संसद्को अधिवेशन आउँदो माघ १८ गतेबाट सुरु हुँदै छ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा अधिवेशन आह्वान गरिसकेका छन् ।