काठमाडौं । ललितपुर महानगरपालिकाले आइतबार ललितपुरमा विशेष कार्यक्रमको आयोजना गर्दै साप्ताहिक ट्राफिक कार्यक्रमको शुभारम्भ गरेको छ । ट्राफिक प्रहरी कार्यालयसँगको समन्वयमा महानगरले साप्ताहिक ट्राफिक सचेना कार्यक्रम शुभारम्भ गरेको हो ।
ललितपुर महानगरका प्रमुख चिरिबाबु मर्हजनले ट्राफिक नियम पालना गराउने र सडक सुरक्षाका लागि जनचेतना फैलाउने उद्देश्यका साथ साप्ताहिक ट्राफिक सचेतना कार्यक्रमको शुभारम्भ गरिएको जानकारी दिए । स्मार्ट ट्राफिक लाइटको नियम सिस्टममा रेकर्ड हुने भएकाले अब नियम उल्लंघन गर्नेलाई कारबाही गरिने भन्दै प्रमुख मर्हजनले ललितपुर महानगरभित्र रहेका स्मार्ट ट्राफिक लाइट २४सै घण्टा सञ्चालन हुने बताए ।