काठमाडौं । एमएडब्लु वृद्धिले माउन्टेन ईभी र टीएमवान मोडेलहरूमा ८० प्रतिशतसम्मको फाइनान्सिङ सुविधा प्रदान गर्ने भएको छ । यस योजनामा माउन्टेन ईभीको लागि नौ लाख ९९ हजार रूपैयाँ र टीएमवानको लागि पाँच लाख ९९ हजार रूपैयाँसम्मको डाउनपेमेन्ट पनि समावेश रहेको छ । यसले विद्युतीय सवारीसाधनको स्वामित्वलाई अझ पहुँचयोग्य र किफायती बनाउने कम्पनीको विश्वास छ । यसका साथै आर्थिक वर्ष २०८१/८२ को लागि एक वर्षको निःशुल्क बीमा र सडक करमा छुटसहितका विस्तृत सुविधाहरू पनि रहेका छन् । घरमै सुविधाजनकरूपमा चार्जिङ गर्न सात किलोवाटको चार्जर पनि निःशुल्क पाइने कम्पनीले जनाएको छ । यसमाथि अझै मूल्य थप्न यो योजनाले निःशुल्क सामानहरूका साथै ग्राहकहरूले आफ्नो लगानीबाट अधिकतम मूल्य प्राप्त गर्ने टप–अप बेस्ट भ्यालुएसन बोनस पनि समेट्छ ।
यो प्याकेजले विद्युतीय गतिशीलता प्रवद्र्धन गर्ने र आफ्ना ग्राहकहरूलाई असाधारण मूल्य प्रदान गर्ने एमएडब्लू वृद्धिको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्छ । कम्पनीले नेपाली बजारको लागि विद्युतीय सवारीसाधनहरूलाई अझ पहुँचयोग्य र किफायती बनाउने लक्ष्य राखेको छ । यो सीमित–समयको अफर माघ ३० गतेसम्म मात्रै उपलब्ध हुने कम्पनीले जनाएको छ ।