काठमाडौं, साउन ५
नेपाल राष्ट्र बैंकले आज सोमबार पाँच अर्ब २० करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार आज अपराह्न तीन बजेसम्म्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो । जारी मिति असार छ गते तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूले भाग लिन पाउनेछन । बिक्री गरिने कुुल ट्रेजरीमध्येमा २८ दिने अवधिको पाँच अर्ब र ९१ दिने अवधिको २० करोड रुपैयाँको रहेको छ ।
सो मध्ये २८ दिने अवधिको परिपक्व हुुने मिति विसं २०७७ भदौ दुुई गते र ९१ दिने ट्रेजरीको परिपक्व हुुने अवधि विसं २०७७ कात्तिक चार गते देखिएको छ । राष्ट्र बैंकका अनुसार बिक्री गरिने उक्त ट्रेजरी नयाँ नभई पुरानैको नवीकरण रहेको छ । यसअघि असार २९ गते पनि राष्ट्र बैंकले २४ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गरेको थियो । उक्त ट्रेजरीमध्येमा ९१ दिने अवधिको आठ अर्ब, एक सय ८२ दिने अवधिको छ अर्ब र तीन सय ६४ दिने अवधिको नौ अर्ब रुपैयाँको रहेको थियो ।