काठमाडौं । २३ औं अखिल क्रान्तिकारीको सम्मेलनमा विवाद साम्य नहुँदा निर्धारित समयमा मतगणना सुरु हुन सकेन । मसीको विवाद कायम रहेकाले मधेशको मतगणनाको विवाद साम्य भएपनि गणना सुरु हुन नसकेको विद्यार्थी नेताहरूले जानकारी गराएका छन् ।
विश्वविद्यालय र विशेष प्रदेशको मतगणना सुरु हुनुअघि उम्मेदवारका प्रतिनिधिहरूमा निर्वाचन समितिले कालो मसीले मतदान भएको जानकारी गराएपछि विवाद सुरु भएको थियो । निर्वाचन समितिका प्रतिनिधिहरूले मतदान गर्ने स्थानमा रातो साइनपेन राखिदा पनि कालो मसीले मतदान भएको जानकारी गराएका थिए ।
विवादमा सहमति जुटेका जनाउँदै संगठनको पूर्व अध्यक्ष पञ्चा सिंहले सोमबार मध्यान्ह १२ बजेबाट गणना सुरु हुने दाबी गरेकी थिइन् । तर, मसीको विवाद कायमै रहेकाले गणना सुरु हुन नसक्ने उपमहासचिव जनार्दन शर्मा पक्षले जनाएको छ । मसीको विवादमा सहमति जुट्न नसकि गणना सुरु हुन नसक्ने संगठनका पूर्व उपाध्यक्ष क्षितिज सापकोटाले जानकारी गराए ।