काठमाडौं, साउन ५
सगरमाथा इन्स्योरेन्स कम्पनी २४औं वर्ष पूरा गरी २५औं वर्षमा प्रवेश गरेको छ । सो अवसरमा कम्पनीले देशभर रहेका ७३ वटै शाखा कार्यालयहरूमा केक काटी वार्षिक उत्सव मनाएको छ । वार्षिक उत्सवकै अवसरमा कम्पनीले प्रधान कार्यालयपरिसरमा गरेको रक्तादान कार्यक्रममा ४९ जनाले रक्तदान गरेका छन् । हाल चुक्ता पुँजी एक अर्ब १२ लाख २२ हजार रुपैयाँ रहेको कम्पनीले २०७७ को असार मसान्तसम्म एक लाख ९४ हजार एक सय ७४ बीमालेख बिक्री गरी दुुई अर्ब १९ करोड ४७ लाख ७६ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । उक्त अवधिमा कम्पनीले एक अर्ब दुुई करोड रुपैयाँ दावी भुक्तानी गरेको जनाएको छ । वार्षिक उत्सवकै अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले कम्पनीबाट उपलब्ध हुुने बीमालेखहरूलाई क्रमशः डिजिटलाइज गर्दै जाने लक्ष्य लिएको जानकारी दिएका छन् ।