काठमाडौं । शेयर बजार परिसुचक नेप्से ओरालो लागेको छ । अघिल्लो दिन १० दशमलव ४१ अंकले ओर्र्लिएको नेप्से परिसुचक साताको दोस्रो कारोबार दिन आज सोमबार पनि १० दशमलव ६६ अंकले ओरालो लागेर २६ सय ३३ दशमलव २७ अंकमा झरेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव शुन्य सात अंकले ओरालो लागेर चार सय ४१ दशमलव ५२ बिन्दुमा खुम्चिएको छ ।
धितोपत्र बजारमा आज तीन सय १२ वटा कम्पनीहरुको ८७ हजार पाँच सय ६४ पटकको कारोबारमा एक करोड ७२ लाख ५५३ हजार पाँच सय ७६ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम आठ अर्ब ९२ करोड ४० लाख ६५ हजार आठ सय ८८ रुपैंयाँ पुगेको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये बिकास बैंक, फाईनान्स, जलबिद्युत, उत्पादनमुलक र लघुवित्त उपसमुहको सुचक उकालो लागेका छन् भने बाणिज्य बैंक, होटल तथा पर्यटन, लगानी, जीवन बीमा, निर्जीवन बीमा, सामुहिक लगानी कोष, अन्य र व्यापार उपसमुहको सुचक ओरालो लागेका छन् ।