चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने जोडिएको शाहारा सहकारीको प्रतिवेदन प्रहरीले सरकारी वकिल कार्यालय चितवनमा बुझाएको छ । यो भन्दा अगाडी प्रतिवेदन पुरा नभएको भनि सरकारी वकिल कार्यालयले फिर्ता गरेको थियो । चिचवन प्रहरीले दोस्रो पटकमा १९६ पृष्ठ लामो प्रतिवेदनसहित सहकारी ठगी तथा सम्पत्ति सुद्धीकरणमा गरिएको अनुसन्धान प्रतिवेदन बुझाएको थियो । समाचार स्रोतका अनुसार चितवन जिल्ला अदालतमा एक सातादेखि १० दिनभित्र लामिछानेसहितका ३२ प्रतिवादीविरुद्ध अभियोग दर्ता गर्ने तयारी रहेको बुझिएको छ । ६ हजार ३३४ बचतकर्ताहरुको ५२ करोड ३द्द लाख ८५ हजार ३०८ रुपैयाँ हिनामिछा भएको पाइएको छ ।