काठमाडौं । एनएमबी बैंक लिमिटेडले रुकुमस्थित आठबीसकोटमा आफ्नो नयाँ शाखा विस्तार गरेको छ । २०८१ सालका दिन आठबीसकोट नगरपालिकाका मेयर रवि केसी र एनएमबी बैंकका नायब महाप्रबन्धक प्रमोद दाहालले संयुक्तरूपमा बैंकको दुई सय दुई औँ शाखाको उद्घाटन गरेका हुन् । सर्वसाधारणलाई सरल र सहजरूपमा बैंकिङ सेवा विस्तार गर्ने उद्देश्यका साथ सो स्थानमा नयाँ शाखा विस्तार गरिएको बैंकले जनाएको छ ।
आठबीसकोट शाखामार्फत स्थानीय, सर्वसाधारण, व्यावसायिक फर्म, कम्पनी तथा संघसंस्थाले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक उन्नतिमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बैंकले जनाएको छ । आठबीसकोट शाखासहित, एनएमबी बैंकले हाल देशभर दुई सय दुई वटा शाखाहरू, एक सय ८६ एटीएमहरू र १० एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।