काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडले घण्टाघर शाखा कार्यालय काठमाडौंको प्रदर्शनी मार्गमा स्थानान्तरण गरेको छ । बैंकले काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नम्बर २८ घण्टाघरमा रहेको शाखा कार्यालय सोही वडाभित्र प्रदर्शनी मार्गमा आइतबारका दिनदेखि स्थानान्तरण गरेको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले शाखाको उद्घाटन गरेका हुन् । सो शाखाबाट ग्राहकहरूलाई उत्कृष्ट बैंकिङ सेवा तथा सुविधाहरू दिने उनले बताए । प्रदर्शनीमार्ग शाखाबाट आइतबारदेखि नै सम्पूर्ण बैंकिङ सेवाहरू सुरु भएको छ ।
बैंकको हाल दुई सय ८३ वटा शाखा कार्यालय, ६५ वटा एक्सटेन्सन काउन्टर, ६६ वटा शाखारहित बैंकिङ र दुई सय ६६ वटा एटीएम रहेको छ ।