काठमाडौं । शेयर बजार परिसुचक नेप्से उकालो लागेको छ । अघिल्लो दुई कार्यदिन लगातार ओरालो लागेको नेप्से परिसुचक साताको तेस्रो कारोबार दिन आज मंंगलबार २४ दशमलव ५० अंकले उकालो लागेर २६ सय ५७ दशमलव ७७ बिन्दुमा उक्लिएको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव १९ अंकले उकालो लागेर चार सय ४४ दशमलव ७२ बिन्दुमा उक्लिएको छ ।
धितोपत्र बजारमा आज तीन सय २५ वटा कम्पनीहरुको ९५ हजार ९७ पटकको कारोबारमा एक करोड ९६ लाख ८० हजार एक सय ९५ रुपैंयाँको शेयर किनबेच भएको छ । जसबाट आज कुल कारोबार रकम नौं अर्ब ४० करोड २६ लाख ७८ हजार ३३ रुपैंयाँ पुगेको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये बाँणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त सहितका १३ वटै उपसमुहहरुको सुचक उकालो लागेर शेयर बजार पुरै हरियो भएको छ ।