काठमाडौं । के तपाईंले कहिल्यै सोच्नुभएको थियो, यदि तपाईंको डिजिटल वालेटले तपाईंलाई तत्काल ऋण उपलब्ध गराउने क्षमता राख्थ्यो भने कति सहज र सुविधाजनक हुन्थ्यो ? इ–सेवाले इजिलोनको साथ तपाईंको यो सपनालाई केही महिनाअघि यथार्थमा परिणत गरिसकेको छ ।
व्यवसाय सञ्चालन गर्न रकमको अभाव भएको खण्डमा होस् वा अनपेक्षित खर्चको लागि पैसाको आवश्यकता परेको बेला बैंक तथा वित्तीय संस्थाबाट ऋण लिने प्रक्रिया झन्झटिलो प्रक्रिया रही आएको छ । इजिलोन आएसँगै यो कुराको धेरै हदसम्म समाधान भएको र व्यापारिक सहजता धेरै बढाएको इ–सेवा एजेन्टहरूको भनाइ रहेको छ ।
यसै सहजतालाई अझ थप सहज बनाउन इ–सेवा र गुडविल फाइनान्सबीच सहकार्य भएको छ । इ–सेवाले गुडविल फाइनान्स लिमिटेडको सहकार्यमा एजेन्टहरूलाई अब ३० हजार रुपैयाँदेखि दुई लाख रुपैयाँसम्म इजिलोन प्रदान गर्ने भएको छ । इजिलोन सुविधाका साथ इ–सेवाले वित्तीय प्रविधिको क्षेत्रमा भित्र्याएको नयाँ आयामले अर्को दिशा पाएको छ । साना तथा मझौला व्यवसायीहरूको आर्थिक आवश्यकतालाई मध्यनजर गर्दै इ–सेवाले इजिलोनको सुरुवात गरेको थियो भने अबको यो कदमले एजेन्टहरूलाई झन् धेरै सहज बनाएकोमा इ–सेवाका वित्तीय सेवाका हेम घिमिरे विश्वस्त रहेका छन् । व्यक्तिगत आवश्यकता पूर्ति गर्न होस् वा आफ्नो व्यवसाय विस्तार गर्न यस इजिलोनले मर्चेन्टहरूको जीवनलाई थप सहज र धेरै हदसम्म तनाव मुक्त बनाउने उनको भनाइ रहेको छ । त्यसैगरी इजिलोन छिटो, भरपर्दो, सुरक्षित र पारदर्शी भएकोे र आवेदन प्रक्रिया निकै सहज हुनुको साथै इजिलोन एजेन्टहरूको व्यावसायिक सफलताको लागि तयार पारेका कुरामा समेत जोड दिएका छन् ।