काठमाडौँ । नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले बिहीबार प्रेस सेन्टर नेपाल प्रतिष्ठान प्रदेशको अधिवेशनलाई काठमाडौँमा सम्बोधन गर्दै जनताको घेराबन्दीले सरकार आतङ्कित भएको बताएका छन् । विपक्षी दलहरू समेत भोलिदेखि घेराबन्दीमा पर्ने उनले जिकिर गरे ।
सापकोटाले सरकार बनेको दिनदेखि नै केपी ओली नेतृत्वको गठबन्धन सरकार असफल भएको दाबी गर्दै दुई तिहाइको सरकार निकै कमजोर भएको बताए । उनले सदनदेखि ओली सरकार भागिरहेको आरोप लगाउँदै सरकारले ल्याएको अध्यादेशमा बदनियत पूर्ण विषय भएको बताए । उनले आफ्ना कार्यकर्तालाई जग्गा बाँड्न विधेयक ल्याइएको आरोप लगाएका छन् ।