काठमाडौं । एमएडब्लू वृद्धिले नेपालभरि कुल ८६ विद्युतीय सवारीसाधन चार्जिङ स्टेसन स्थापना गरेको छ । पर्यावरणमैत्री यातायात अपनाउने प्रतिबद्धताअनुरुप यी ईभी चार्जिङ स्टेसनको स्थापना गरिएको हो ।
साथै चाँडै नै थप १०० चार्जिङ स्टेसनहरू थपेर नेटवर्कलाई अझ विस्तार गर्ने योजना बनाइरहेको कम्पनीले जनाएको छ । सिसिएस–२ कम्प्याटिबल चार्जिङ नेटवर्क कुशल ईभी पूर्वाधारको बढ्दो माग पूरा गर्ने दिशामा एक उत्कृष्ट कदम हो । यसले हरियाली र स्वच्छ भविष्यको लागि एमएडब्लू वृद्धिको दृष्टिकोणलाई सघाउने कम्पनीको दाबी छ ।
यस्तै उसले कुशल चार्जिङ सुविधाहरूको व्यापक उपलब्धताले दिगो गतिशीलतालाई प्रवद्र्धन गर्नुका साथै देशलाई वातावरणीय रूपमा जिम्मेवार यातायाततर्फ परिवर्तन गर्दछ । यस रणनीतिक विस्तारसँगै एमएडब्लू वृद्धिले नेपालको ईभी इकोसिस्टमलाई सुदृढ पार्दै लगेको छ । साथै, ईभी मालिकहरूको लागि पहुँच निर्माण गर्दै दिगोपनको संस्कृतिलाई पनि अगाडि बढाइरहेको छ ।
कम्पनीले आफ्नो अग्रगामी दृष्टिकोण अनुरुप थप ईभी पूर्वाधारको बढ्दो मागलाई पूरा गर्नेछ । यसले वातावरणमा कार्बन उत्सर्जन घटाउँदै विद्युतीय सवारीसाधनहरूको व्यापक अपनत्वलाई पनि सक्षम बनाउनेछ ।
एमएडब्लू वृद्धिको यो उपलब्धिले कम्पनीको नवीनता र वातावरणको हेरचाहप्रतिको बलियो प्रतिबद्धतालाई चित्रण गर्दछ । बढ्दो नेटवर्कसँगै समुदाय र उद्यमहरूलाई हरित भविष्य अँगाल्न आवश्यक पर्ने कुराहरू प्रदान गर्न कम्पनी प्रतिबद्ध छ ।