काठमाडौं । क्षेत्रीयस्तरको सप्तकोशी डेभलपमेन्ट बैंक खुद नोक्सानीमा देखिएको छ । बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा दुई करोड ९९ लाख १७ हजार सात सय ९५ रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ । गत आवको सोही अवधिमा पनि बैंकको यस्तो नोक्सानी ११ करोड ९१ लाख ८६ हजार एक सय ८६ रुपैयाँ रहेको थियो ।
हाल चुुक्ता पुँजी ८३ करोड ४३ लाख ३८ हजार चार सय ३२ रुपैयाँ रहेको बैंकले चालु आवको दोस्रो त्रैमासमा सात अर्ब ३६ करोड ३६ लाख २० हजार आठ सय ९९ रुपैयाँ निक्षेप संकलन गरी चार अर्ब ९५ करोड २५ लाख ३६ हजार आठ सय २७ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा १० करोड ९६ लाख ३० हजार ५३ रुपैैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा ११ दशमलव ४२ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
गत आवको सोही अवधिमा भने बैंकले छ अर्ब ९४ करोड ७९ लाख ४८ हजार पाँच सय ३२ रुपैयाँ निक्षेप संकलन गरी चार अर्ब आठ करोड ८६ लाख ८० हजार सात सय ४५ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा छ करोड ९५ लाख ५९ हजार आठ सय ३३ रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा १४ दशमलव १६ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।