काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारणसभाको आह्वान गरेको छ । संस्थाले यही फागुन छ गते पनौतीको स्काई गार्डेन रिर्सोेटमा आफ्नो ११ औँ वार्षिक साधारणसभा गर्न लागेको हो ।
वार्षिक साधारणसभामार्फत संस्थाले हाल कायम रहेको संस्थापक तथा साधारणको सेयरको अनुपात क्रमशः ६९ दशमलव ६५ र ३० दशमलव ३५ लाई क्रमशः ६१ दशमलव ११ र ३८ दशमलव ८९ प्रतिशमा कायम राख्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ । यसको लागि संस्थाले आठ दशमलव ५४ प्रतिशत संस्थापक सेयरलाई साधारण सेयरमा रूपान्तरण गर्नेछ । यसबाहेक सभाले सर्वसाधारण तथा संस्थापक सेयरधनी समूहबाट छ जना सञ्चालनको लागि निर्वाचन गर्नेछ । वार्षिक साधारणसभासम्बन्धी प्रयोजनको लागि संस्थाको यही माघ २५ गते एक दिनको लागि सेयर दाखिला तथा खारेजी बन्द हुनेछ ।