काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकको खुद मुनाफा ऋणात्मक देखिएको छ । बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा नौ करोड पाँच लाख ३५ हजार तीन सय दुई रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा छ करोड ९९ लाख ४५ हजार ५३ रुपैयाँले ऋणात्मक रहेको थियो ।
हाल चुक्ता पुँजी एक अर्ब २४ करोड ९६ लाख ९४ हजार चार सय ७० रुपैयाँ रहेको बैंकले चालु आवको दोस्रो त्रैमासमा १४ अर्ब ७६ करोड ४७ लाख ४६ हजार सात सय ९६ रुपैयाँ निक्षेप संंकलन गरी ११ अर्ब २९ करोड ३३ लाख ४२ हजार एक सय ६२ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा १९ करोड ६४ लाख ४६ हजार सात सय ५३ रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा आठ दशमलव ५६ प्रतिशत कर्जा निष्क्रिय रहेको छ भने स्प्रेडदर चार दशमलव ४६ प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा भने बैंकले १४ अर्ब ७६ करोड ३४ लाख ८० हजार नौ सय ६७ रुपैयाँ निक्षेप संकलन गरी १० अर्ब ८३ करोड ३७ लाख ६२ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा २० करोड ६० लाख एक हजार ६४ रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा चार दशमलव ७० प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेडदर चार दशमलव ५९ प्रतिशत रहेको थियो ।