काठमाडौं । चर्चीत गायिका एलिना चौहानले लोग्ने बिष्णु सापकोटा विरुद्ध काठमाडौं जिल्ला अदालतमा शुक्रवार सम्बन्धविच्छेदको मुद्दा दायर गरेकी छन् । उनको वारेस बिष्णु खरेलले उक्त मुद्दा दायर गरेका हुन् । उनले अस्ट्रेलियामा बस्ने व्यवसायी सापकोटासंग गत बैशाख १ गते विवाह गरेकी थिइन् । सम्बन्ध बिच्छेदको मुद्दामा आफुबाट कुनै जायजन्म नभएको र गर्भवती पनि नभएको उल्लेख गरेका छिन् । बिबाह पछि लोग्ने संग ३ महिना अस्ट्रेलिया बसेकी गायिका चौहान नेपाल फर्किएर ओसोमा ध्यान गर्न पुगेपछि उनीहरुको बिचको सम्बन्ध बिग्रिएको अड्कलबाजी गरिएको थियो । जुन कुरालाई शुक्रवार उनले मुद्दा हालेपछि पुष्टि भएको छ ।