म्गाग्दी । म्याग्दीको बेनीमा रहेको कुमारी सहकारी संस्थाको डेढ अर्ब रुपैयाँ हिनामिना गराएको आरोपमा जिल्ला समन्वय समिति म्याग्दीका म्रमुख राजकुमार थापालाई प्रहरीले पक्राउ गरेको छ ।थापा सहितको टोलीले सहकारीको रकम निजी विद्यालय, घर जग्गा खरिद कार्यमा लगाएर दुरुपयोग गरेको पाइएको एक वर्ष अघि गरेको छानविन प्रतिवेदनले प्रतिवेदनमा औँल्याइएको थियो।
एमालेबाट जिसस प्रमुख निर्वाचित उनी अहिलेसम्म पक्राउ परेका थिएनन् । ०७९ साल माघ २८ गते सहकारीका अध्यक्ष यमबहादुर रोक्का समेतले सहकारी रजिष्ट्रारको कार्यालयमा लिखित निवेदन दिएर कुमारी बहुउद्देश्यीय सहकारीको रकम छानविन गर्न माग गरेका थिए ।