हिले । पूर्वी जिल्लाको जनजीवन ताप्लेजुङको मुकुम्लुङमा केबुलकार निर्माणको विरोध गर्दै आइरहेको मुकुम्लुङ संरक्षण अन्तरदलिय राजनीतिक पार्टीहरुले गरेको बन्दका कारण प्रभावित भएको छ । माघ २० र २१ गते मुकुम्लुङ अन्तरदलिय राजनीतिक पार्टीले अरुणपूर्व नौ जिल्ला (ताप्लेजुङ, पाँचथर, इलाम, धनकुटा, तेह्रथुम, झापा, मोरङ, सुनसरी र संखुवास) बन्दको आह्वान गरेको छ ।
बन्दका कारण कोशी राजमार्ग धरानबाट धनकुटा हुँदै तेह्रथुम र संखुवासभा जाने तथा पहाडी क्षेत्रबाट तराई जाने सवारी साधन सञ्चालन हुन सकेका छैनन् । कोशी पहाडका जिल्लामा सवारी साधन ठप्प बनेका छन् । जिल्ला प्रहरी कार्यलय धनकुटाले धरानबाटै सवारीसाधन नआएका कारण यातायात ठप्प भएको जनाएको छ ।
मुकुम्लुङ संघर्ष समितिका सुनसरी संयोजक जेन्टल लावतीले मुकुम्लुङमा केबुलकार निर्माणको विरोध गर्दै आइरहेको मुकुम्लुङ संरक्षण समितिले केहि दिन अघिबाट मेचि राजमार्ग तथा तमोर करीडोर बन्द गर्दै आएकोमा आइतबारबाट भने अरुण पूर्व बन्द गरिएको जानकारी दिए ।