काठमाडौं । नागरिक स्टक डिलर कम्पनी लिमिटेडले लगानीकर्ता वित्तीय सचेतना कार्यक्रम आयोजना गरेको छ । कम्पनीले यही माघ १२ गते शनिबार नेपालगञ्जस्थित सिद्धार्थ कटेज एन्ड रेस्टुरेन्टमा बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म कार्यक्रम आयोजना वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा कम्पनीले निःशुल्क सहभागी हुने व्यवस्था गरेको छ । सेयर बजारसँग सम्बन्धित महत्वपूर्ण ज्ञानको अध्ययन गर्न उक्त कार्यक्रममा सहभागी हुन कम्पनीले अनुरोध गरेको छ । यसैगरी कम्पनीले माघ १६ गते बुधबार धनगढीको रुबस होटलमा वित्तीय सचेतना कार्यक्रम गर्ने तयारी गरेको छ । यसबाहेक माघ १८ गते शुक्रबार महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयको हलमा र माघ १९ गते शनिबार सुर्खेतस्थित होटल सिद्धार्थमा सचेतना कार्यक्रम गर्न लागिएको कम्पनीले जानकारी दिएको छ ।