काठमाडौं । पुस्तौदेखि स्वगर्दद्धारी गुठीको हजार बिघा जमिन जोतिरहेका दाङका करिब ३ हजार परिवार मोहियानी हकको प्रमाणपत्र देखाउँदै आफ्नो अधिकार खोज्न माइतिघर मण्डलमा आएका छन् । जीवनभर गरका पापबाट मुक्तिपाएर स्वग जाने चाहनाले भक्तालुहरु प्यूठानमा रहेको स्वगद्धारीमा दर्शन गर्न जार्ने गर्दछन् ।
तर त्यही स्वगद्धारी मन्दीरको दाङमा रहेको जग्गा जोतीरहेका मोहियानीहरु न्याय खोज्दै काठमाडौंको माइतिघर मण्डलामा हलो,कुटो,कोदालो लगायत कृषि औजारसहित आइतबारदेखि काठमाडौं माइतीघर मण्डलामा अनिश्चितकालीन धर्नामा बसेका छन् । उनीहरुले बिभिन्न समयमा आन्दोलन गर्दै आएका छन् । यसपटक भने उनीहरुले तिन बुदे माग राखेका छन् ।
किसानले जोतभोग गर्दै आएको जमिन मोहीका नाममा रैतानी हुने कानुनी व्यवस्था हुनुपर्ने,विशेष प्रकृतिको निजी भनिएको गुठी जग्गाका निष्कासित मोहीको हक पुनःस्थापित गरियोस् र किसानले बुझाउनुपर्ने रौनीबापतको तिरो बडामार्फत बुझाउने व्यवस्था हुनुपर्ने माग राखेका छन् ।