स काठमाडौं । सञ्चालनमा रहेका ५२ वटा लघुवित्त वित्तीय संस्थाहरूमध्ये हालसम्म १५ वटाले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् । जसमध्ये दुईवटा लघुवित्तहरू घाटामा गएका छन् भने १३ वटाले नाफा कमाएका छन् । इन्फिनिटी लघुवित्त वित्तीय संस्था र सामुदायिक लघुवित्त वित्तीय संस्था घाटामा गएका हुन् । यी दुई लघुवित्तको खराब कर्जा पनि उच्च छ ।
इन्फिनिटी लघुवित्त नौ करोड ४६ लाख २२ हजार तीन सय ८० रुपैयाँ नोक्सानीमा छ भने यसको खराब कर्जा नौ दशमलव ८५ प्रतिशत छ । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले एक करोड ४९ लाख ८१ हजार आठ सय १० रुपैयाँ नाफा कमाएको थियो भने खराब कर्जा चार दशमलव ९५ प्रतिशत थियो । यसैगरी सामुदायिक लघुवित्त वित्तीय संस्थाले पनि गत पुस मसान्तसम्म एक करोड आठ लाख ६८ हजार रुपैयाँ नोक्सानी बेहोरेको छ । यस्तै खराब कर्जा चार दशमलव ८९ प्रतिशत छ । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्त तीन करोड ९९ लाख ८९ हजार रुपैयाँ नोक्सानीमा थियो भने १४ दशमलव ६५ प्रतिशत खराब कर्जा थियो ।
आरएसडिसी लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म चार करोड ४१ लाख ८२ हजार रुपैयाँ नाफा कमाएको छ भने दुई दशमलव ७१ प्रतिशत खराब कर्जा छ । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले छ करोड ९३ लाख चार हजार रुपैयाँ नाफा कमाएको थियो भने एक दशमलव ८२ प्रतिशत कर्जा निष्क्रिय थियो । गुराँस, फष्र्ट र आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले पनि चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म क्रमशः एक करोड ५४ लाख ६३ हजार, पाँच करोड २३ लाख र तीन करोड २६ लाख ५४ हजार रुपैयाँ नाफा कमाएका छन् । उनीहरूको खराब कर्जा क्रमशः दुई दशमलव ७८, चार दशमलव ४४ र दुई दशमलव ९१ प्रतिशत छ । गत आर्थिक वर्षको सोही अवधिमा यी लघुवित्तहरूको नाफा क्रमशः ७७ लाख २८ हजार, आठ करोड ४९ लाख १४ हजार र एक करोड २४ लाख ९१ हजार रुपैयाँ थियो भने खराब कर्जा तीन दशमलव ७५, दुई दशमलव ८७ र चार दशमलव ६४ प्रतिशत थियो ।
धौलागिरी, हिमालयन र ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले भने चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा क्रमशः २० लाख ८१ हजार, दुई करोड ६० लाख ६३ हजार र १४ करोड ४८ लाख ७१ हजार रुपैयाँ नाफा कमाएका छन् । यस्तै खराब कर्जा क्रमशः पाँच दशमलव ५०, पाँच दशमलव ६२ र चार दशमलव १५ प्रतिशत छ । गत आर्थिक वर्षको सोही अवधिमा धौलागिरी चार करोड १४ लाख ८३ हजार रुपैयाँ नोक्सानीमा थियो भने खराब कर्जा चार दशमलव ९३ प्रतिशत थियो । यस्तै हिमालयन र ग्रामीण विकास लघुवित्तले क्रमशः ५२ लाख ५८ हजार र १७ करोड दुई लाख ३२ हजार रुपैयाँ नाफा कमाएका थिए भने खराब कर्जा क्रमशः तीन दशमलव ५९ र सात दशमलव ८३ प्रतिशत थियो ।
स्वालम्बन, उन्नती सहकार्य र ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाहरूले भने गत पुस मसान्तसम्म क्रमशः आठ करोड सात लाख २० हजार, ६३ लाख ८३ हजार र ११ करोड ८३ लाख ३९ हजार रुपैयाँ नाफा कमाएका छन् । यस्तै खारब कर्जा क्रमशः आठ दशमलव २८, चार दशमलव ८३ र चार दशमलव १० प्रतिशत छ । गत आर्थिक वर्षको सोही अवधिमा यी लघुवित्तहरूले क्रमशः चार करोड १५ लाख ६३ हजार, २४ लाख ९३ हजार र चार करोड ७८ लाख ३० हजार रुपैयाँ नाफा कमाएका थिए भने खराब कर्जा क्रमशः ११ दशमलव ३६, पाँच दशमलव ७४ र चार दशमलव २१ प्रतिशत थियो ।
गणपती, एनआईसी एसिया र समाज लघुवित्त वित्तीय लघुवित्तले क्रमशः एक करोड २३ लाख ५० हजार, ४२ लाख १४ हजार र १२ हजार चार सय ७० रुपैयाँ नाफा कमाएका छन् भने यिनीहरूको खराब कर्जा क्रमशः चार दशमलव १३, १३ दशमलव ३७ र चार दशमलव ९० प्रतिशत छ । गत आर्थिक वर्षको सोही अवधिमा भने यी लघुवित्तहरूले क्रमशः एक करोड सात लाख ४२ हजार, ११ लाख छ हजार र ५१ लाख ३० हजार रुपैयाँ नाफा कमाएका थिए भने खराब कर्जा क्रमशः चार दशमलव ६६, १३ दशमलव ७६ र चार दशमलव ८२ प्रतिशत थियो ।