काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा दुई करोड ५८ लाख ८१ हजार सात सय ४६ रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा भने बैंकको यस्तो नाफा चार करोड ८८ लाख ६९ हजार एक सय ७० रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी एक अर्ब २१ करोड ७१ लाख रुपैयाँ रहेको बैंकले चालु आवको दोस्रो त्रैमासमा छ अर्ब २२ करोड ६० लाख ४४ हजार ३७ रुपैयाँ निक्षेप संकलन गरी तीन अर्ब ६९ करोड ५४ लाख ७० हजार दुई सय ६३ रुपैयाँ कर्जा प्रवाह गरेको छ । यस अवधिमा आठ करोड ५८ लाख ५२ हजार आठ सय ५७ रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा एक दशमलव ७४ प्रतिशत कर्जा निष्क्रिय रहेको छ भने स्प्रेडदर चार दशमलव ६० प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा बैंकले छ अर्ब ४२ करोड ७१ लाख ३५ हजार पाँच सय ५२ रुपैयाँ निक्षेप संकलन गरी तीन अर्ब ६३ करोड ७२ लाख १४ हजार पाँच सय ४१ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा १३ करोड ३२ लाख चार सय ८७ रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा दुई दशमलव ७४ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेडदर चार दशमलव ६० प्रतिशत रहेको थियो ।