काठमाडौं, साउन ६ हिमालयन बैंक लिमिटेडले टिच फर नेपाललाई पाँच लाख रुपैयाँबराबरको आर्थिक सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्र्तगत ग्रामीण क्षेत्रका समुदायिक र सरकारी विद्यालयमा अध्ययनरत विद्यार्थीलाई स्वयंसेवक शिक्षकहरूको व्यवस्था गर्न उक्त रकम सहयोग गरेको हो । बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमसेर राणाले उक्त सहयोग रकम टिच फर नेपालका प्रमुख कार्यकारी अधिकृत स्वस्तिका श्रेष्ठलाई दिएका हुन् । संस्थाले हालसम्म विभिन्न सात जिल्लाका ६७ वटा विद्यालयमा दुुई सय ७० जना स्वयंसेवक शिक्षकहरूको व्यवस्था गरी ३० हजारभन्दा बढी विद्यार्थीहरूलाई विज्ञान, गणित, अंग्रेजीलगायतका विषयहरू पढाइरहेकोे छ ।