काठमाडौं, शेयर बजार परिसुचक नेप्से पुन ओरालो लागेको छ । अघिल्लो दिन १४ दशमलव शुन्य पाँच अंकले ओरालो लागेको नेप्से परिसुचक साताको चौंथो कारोबार दिन आज बुधबार भने चार दशमलव ४५ अंकले घटेर २७ सय ११ दशमलव ४५ अंकमा झरेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव शुन्य सात अंकले ओरालो लागेर चार सय ५६ दशमलव शुन्य चार बिन्दुमा खुम्चिएको छ ।
धितोपत्र बजारमा आज तीन सय नौं वटा कम्पनीहरुको ९० हजार सात सय ५२ पटकको कारोबारमा ९० हजार सात सय ५२ पटक शेयर किनबेच भएको छ । जसबाट एक करोड ९१ लाख ८१ हजार चार सय १४ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम आठ अर्ब ९५ करोड ८० लाख सात हजार तीन सय पाँच रुपैंयाँ पुगेको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये फाईनान्स, जलबिद्युत, सामुहिक लगानी कोष, निर्जीवन बीमा र अन्य उपसमुहहरुको सुचक उकालो लागेका छन् भने बाँणिज्य बैंक, बिकास बैंक, जीवन बीमा, लगानी, उत्पादनमुलक, लघुवित्त र व्यापार उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।