काठमाडौं । नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर)को लाइसेन्स वितरण गर्ने भएको छ । बोर्डले मर्चेन्ट बैंकिङ व्यवसाय अन्तर्गतको निष्काशन तथा बिक्री प्रबन्धक र सेयर रजिष्ट्रेशन सेवा सञ्चालन गर्ने मर्चेन्ट बैंकर व्यवसायको अनुमतिपत्र प्रदान गर्ने निर्णय गरेको हो ।
सार्वजनिक निष्काशन तथा बिक्री प्रबन्धक र सेयर रजिस्ट्रेसन सेवा सञ्चालन गर्नका लागि मर्चेन्ट बैंकरलाई अनुमति दिने कार्य २०७५ देखि रोकिएको थियो । अब भने अनुमति लिन चाहनेले मर्चेन्ट बैंकर नियमावली २०६७ बमोजिम आवेदन दिन सक्नेछन् । हाल नेपालमा ३१ वटा मर्चेन्ट बैंकर सञ्चालनमा छन् ।
नियमावली बमोजिमको अनुमतिपत्र प्राप्त सार्वजनिक निष्काशन गर्न चाहेमा नियमावली बमोजिमको व्यवसाय सञ्चालन गरेको दश वर्ष पुुरा गरिसकेको तथा कम्तीमा एक अर्ब चुक्ता पुँजी कायम रहेको भए तीस प्रतिशत भन्दा कम नहुने गरी नियमानुसार धितोपत्र सार्वजनिक निष्कासन गर्न सक्ने व्यवस्था भएको बोर्डले जनाएको छ ।