काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक बर्षको दोस्रो त्रैमासिक अवधिमा एक करोड ७५ लाख ९१ हजार तीन सय ४९ रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो २१ लाख ५५ हजार दुई सय ९० रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी ४४ करोड १६ लाख ६२ हजार एक सय रुपैयाँ रहेको संस्थाले चालु आवको दोस्रो त्रैमासमा दुई अर्ब ४४ करोड ४५ लाख ८९ हजार नौ सय ७३ रुपैयाँ निक्षेप संकलन गरी छ अर्ब १६ करोड ९५ लाख नौ सय ३५ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा १९ करोड ७२ लाख ३० हजार नौ सय ९३ रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थामा आठ दशमलव ४७ प्रतिशत कर्जा निष्क्रिय रहेको छ भने स्प्रेड दर तीन दशमलव ६० प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले दुई अर्ब ३७ करोड १४ लाख १९ हजार एक सय ५९ रुपैयाँ निक्षेप संकलन गरी छ अर्ब ३६ करोड ५९ लाख तीन हजार ३५ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा १७ करोड ८९ लाख ३९ हजार एक सय १४ रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थामा नौ दशमलव ६३ प्र्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेडदर पाँच दशमलव ३३ प्रतिशत रहेको थियो ।