काठमाडा । नेपाली बजारमा बहुचर्चित प्रिन्टर ब्रान्ड कोनिका मिनोल्टाको नयाँ प्रिन्टर सार्वजनिक भएको छ । सागर ग्रुपले ‘बेलियो एक्सपेरियन्स टेक्नोलोजी एन्ड लाइफस्टाइल : मिट एन्ड ग्रिट, एक्स्पोबाट उक्त ब्रान्डका तीन वटा मोडलका प्रिन्टर सार्वजनिक गरेको हो ।
कोनिका मिनोल्टा बीएच–सी२२६आई कलर फोटोकपी मेसिन, कोनिका मिनोल्टा बीएच–३०६आई/डब्लू फोटोकपी मेसिन र कोनिका मिनोल्टा बीएच–२२५बी/डब्लू फोटोकपी मेसिन मोडलका प्रिन्टर बजारमा आएका हुन् । उत्कृष्ट पर्फमेन्स भएका यी प्रिन्टर मूल्यका हिसाबले पनि औसत रहेको सागर ग्रुपले जानकारी दिएको छ । नयाँ मोडलहरू सार्वजनिक भएसँगै उक्त एक्स्पोमा आएर कोनिका मिनोल्टा प्रिन्टर खरिद गर्दा २० प्रतिशतसम्म छुट दिने घोषणा पनि सागर ग्रुपले गरेको छ । उक्त एक्स्पो बेलियो एक्सपेरियन्स सेन्टर कलंकीमा बुधबारदेखि सुरु भएको छ । एक्स्पो माघ २९ गतेसम्म आयोजना हुने सागर ग्रुपकी उपाध्यक्ष बुद्ध लक्ष्मी मानन्धरले जानकारी दिइन् ।
एक्स्पोमा सार्वजनिक गरिएका यी प्रिन्टरले निकै सहज बनाउने कम्पनीको दाबी छ । ड्युरेबिलिटी, कम लागतमा उत्कृष्ट प्रदर्शन, उच्च टोनर क्षमता, इको–फ्रेन्डली डिजाइन कोनिका ब्रान्डका खास विशेषता हुन् । ‘सागर ग्रुपले नेपालमा लामो समयदेखि कोनिकाका प्रिन्टर बिक्री गर्दै आएको छ, यी प्रिन्टर आमउपभोक्ताको रोजाइमा पर्न सफल छन्, नयाँ आएका कोनिका प्रिन्टरहरूले कार्यशैलीमा फरकपन दिन्छ,’ मानन्धरले भनिन् । कोनिका मिनोल्टा प्रिन्टरले गुणस्तरमा सम्झौता नगरी द्रूत आउटपुट सुनिश्चित गर्छ । यी प्रिन्टमा कनेक्टिभिटी विकल्पहरूजस्तै यूएसबी, वाइफाइ, ब्लुटूथ र नेटवर्क कनेक्सनमा उपलब्ध छन् । नयाँ डिजाइनका साथ आएका कोनिका मिनोल्टा प्रिन्टरले उपयोगकर्ता अनुभवलाई उत्कृष्ट बनाउने बताइएको छ ।