काठमाडौं । जडीबुटी नदिने ठेकेदारलाई सधैं ठेक्का दिनु संकास्पद देखिएको छ । सिंहदरबार बैद्यखाना विकास समितिले जडीबुटी खरिद गर्नका लागि बोलपत्र आह्वान गर्छ ।
प्रायःएउटा मात्रै कम्पनीको बोलपत्र निवेदन पर्छ । अनि ठेक्का पाउने कम्पनीले २५ प्रतिशत जति जडीबुटी ल्याउँछ समय सकिन्छ । सिंहदरबार बैद्यखानाको एकपछि अर्को ठेक्काहात पार्न न्यू लक्ष्मी सप्लायर्सको लापरबाहीले आयुर्वेदिक औषधीको उत्पादन ठप्प रहेको छ ।
नीजी क्षेत्रबाट सञ्चालित आयुर्वेद औषधी उद्योग र भारतबाट औषधी आयात भइरहँदा ठेकेदार कम्पनीले सिंहदरबार वैद्यखानालाई ठेक्काको २५ प्रतिशतसम्म जडीबुटी दिन्छ र २०५७ देखि सोही कम्पनीले ठेक्का पाएको देखिएको छ ।