चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई ५४ लाख धरौटीमा छाड्न जिल्ला अदालत चितवनले आदेश दिएको छ ।

साहारा चितवन सहकारी ठगी प्रकरणको मुद्दामा थुनछेक बहसपछि न्यायाधीश दयाराम ढकालको इजलासले उक्त कुराको फैसला गरेको हो । सहकारी घोटाला प्रकरणमा गोर्खा मिडिया माध्यमबाट जोडिएका लामिछाने बिभिन्न जिल्लाहरुमा मुद्दा झेलेर धरौटिमा रिहा भएका छन् ।